आस्तिक म होइन, देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा, प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
पारि छिमेक घरको काका हिजो बित्नुभो
मनको कुनामा डाहा भो
उनका ठाउँ म भए, कालले मलाई लगे
हाँसेरै शरण गर्ने थेँ
आस्तिक म होइन, देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा, प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
पारि छिमेक घरको आँसुले इनार भरियो
आज आकाश नि रसायो
मरन सजिलो भए, मेरा प्राण नि गए
हाँसेरै शरण गर्ने थेँ
आस्तिक म होइन, देवीदेवता छैनन्
केहीमा नि विश्वास लाग्दैन
पाप अनेक मेरा, प्वाल र छेद हेर
धर्मले कर्म ढाक्दैन
heyyyy
धर्म कर्म, धर्म धाम
धर्म तीर्थ, धर्म नै शान
धर्म कर्म, धर्म धाम
धर्म तीर्थ, धर्म नै शान